काठमाडौं । टी–२० विश्वकप अन्तर्गत जिम्बाब्वे समूह विजेता बन्दै सुपर आठमा प्रवेश गरेको छ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा आयोजक श्रीलंकालाई ६ विकेटले हराउँदै जिम्बाब्वे समूह विजेता बनेको हो ।
यस समूहबाट अष्ट्रेलिया, आयरल्यान्ड र ओमान बाहिरिए ।१७८ रनको लक्ष्य जिम्बाब्वेले १९.३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।
उसका लागि ब्रियन बेनेटले ६३ रनको योगदान दिए । कप्तान सिकन्दर रजाले ४५, तादिवान्से मारुमनीले ३४, रायन बुर्लले २३ रन बनाए ।
श्रीलंकाका दुशन हेमन्थले दुई तथा दुनिथ वेल्लालागे र दासुन शनाकाले एक–एक विकेट लिए ।
त्यसअघि आर प्रेमादासा मैदानमा टस जितेर ब्याटिङ थालेको श्रीलंकाले २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोड्यो ।
पाथुम निसान्काले सर्वाधिक ६२ रनको योगदान दिए । यस्तै, पवन रत्नायकेले ४४, कुसल परेराले २२, दुनिथ वेल्लालागेले १५ तथा कुसल मेन्डिसले १४ रन जोडे ।
बलिङतर्फ जिम्बाब्वेका ब्लेसिङ मुजारबानी, ब्राड इभान्स र ग्रिमी क्रिमरले दुई–दुई तथा रायल बुर्लले एक विकेट लिए । यस समूह ‘बी’ बाट दुबै टोलिले सुपर आठमा स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया