विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा

विश्वकै प्रदूषित शहरको सूचीमा चौथो नम्बरमा



काठमाडौं । काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष ४ नम्बरमा परेको छ ।

हावाको गुणस्तर मापन गर्ने ‘एअर क्वालिटी इन्डेक्स’ (एक्यूआई) का अनुसार काठमाडौंको एक्यूआई १ सय ८१ मापन गरिएको छ, यो वायुको गुणस्तर अस्वस्थ हो ।

शून्यदेखि ५० एक्यूआईसम्मको हावाको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५१ देखि १ सय एक्यूआईसम्मको हावाको गुणस्तरलाई मध्यम मानिन्छ ।

विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीको पहिलो नम्बरमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ हावाको गुणस्तर ५ सय २ एक्यूआई रहेको छ ।

त्यस्तै, दोस्रो नम्बरमा बंगलादेशको ढाका त्यहाँको एक्यूआई २ सय ५२ र तेस्रो नम्बरमा भारतको नयाँ दिल्लीको २ सय ३४ एक्यूआई छ ।

प्रदूषण बढेसँगै बाहिर व्यायाम नगर्न, बिहान धेरै नहिँड्न, झ्याल ढोका बन्द गर्न र मास्क लगाउन डाक्टरको सुझाव छ ।