काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै काठमाडौंमा मोटरसाईकल र्याली निकालिएको छ ।
आइतबार काठमाडौंको माइघर मण्डलामा भेला भएका राजावादीहरुले प्रसार्ईंको तत्काल रिहा गर्न सरकारसँग माग गर्दै सो र्याली निकालेका हुन् ।
उनीहरुले प्रसाईंलाई पक्राउ गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । प्रसाईंलाई यही फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।
सोही पक्राउको विरोधमा हिन्दुराज्य नेपाल कायम गरौं भन्ने मूल नारासहित र्यालीमा सहभागी भएकाहरुले गणतन्त्र विरोधी नारा पनि लगाएका थिए ।
माइतीघर मण्डलाबाट शुरु भएको सो र्याली भद्रकालीमा पुगेर समापन भएको थियो ।


प्रतिक्रिया