काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन नजिकिँदै गर्दा पार्टीप्रति जनताको आकर्षण चुलिएको निस्कर्ष निकालेको छ । पार्टी प्रवक्ता देवराज चालिसेले अन्य पार्टीबाट शीर्ष नेताहरुदेखि कार्यकर्तासम्म कांग्रेस प्रवेश गर्ने लहर नै चलेको दावी गरे ।
आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै चालिसेले ‘घर छोडेका साथीहरु’ लाई पनि फर्किन आग्रह गरे । जुनसुकै पार्टीबाट आउन चाहेका सबैलाई भित्र्याएर लोकतन्त्रको हकदार बनाउने उनले बताए ।
चालिसेले भने, ‘निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसप्रति आकर्षण चुलिँदै गएको छ । शीर्ष नेतृत्वदेखि अन्य नेता–कार्यकर्ता आवद्ध हुने लहर चलेको छ । सबैलाई पार्टीमा भित्र्याएर लोकतन्त्रको हकदार बनाउन चाहन्छौं । घर छाडेका साथीहरु घर फर्किनुस । अरु पार्टीका साथीहरु कांग्रेसमा जोडिनुस ।’
उनले पछिल्ला दिनमा रास्वपाबाट मात्रै हजारौंको संख्यामा नेता–कार्यकर्ता तथा समर्थकहरु कांग्रेसमा प्रवेश गरेको उल्लेख गरे ।


प्रतिक्रिया