उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते



उदयपुर । कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर छ । उदयपुरगदी-७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर बस दुर्घटना भएको हो ।

अपरान्ह १२ बजेतिर बस सडकबाट करिब ४० फिट तल खसेको थियो । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ ।

एपीएफका अनुसार घाइतेहरूको नाम र वतन यसप्रकार छ-

उदयपुर त्रिनपा ११ बस्ने वर्ष २२ की मणिका मगर समान्य ।

उदयपुर कटारी नपा ४ बस्ने वर्ष ३५ की अनिता चौधरीको टाउको, शरीरको विभिन्न भागमा चोट ।

उदयपुर उदयपुरगदी गापा ७ बस्ने वर्ष ७३ की सोममाया मगर टाउकोमा चोट गम्भीर घाइते

उदयपुर ताप्ली गापा ५ बस्ने वर्ष ४० को प्रकाश भुजेल शरिरको विभिन्न भागमा चोट ।

उदयपुर त्रिनपा ७ चुहाडे बस्ने वर्ष २१ की रेशिका बस्नेत शरीरको विभिन्न भागमा चोट सामान्य ।

उदयपुर रौतामाई गापा ७ बस्ने वर्ष १७ को तिलक बस्नेत समान्य ।

उदयपुर उदयपुरगदी गापा टाडे बस्ने वर्ष १० को दिपेश तामाङ सामान्य ।

उदयपुर कटारी नपा ४ बस्ने वर्ष १९ की पवित्रा श्रेष्ठ सामान्य

उदयपुर त्रियुगा नपा ५ बस्ने वर्ष २० की रेश्मा बस्नेत सामान्य

उदयपुर कटारी नपा २ गोलपार्क बस्ने वर्ष ६० कि सोममाया परियार गम्भिर घाइते ।

उदयपुर कटारी नपा ३ बस्नेत वर्ष २७ को नितेश बुढाथोकी सामान्य (सहचालक)

उदयपुर कटारी नपा ५ बस्ने वर्ष ७८ को दलबहादुर तामाङ शरीरको विभिन्न भागमा चोट

उदयपुर कटारी नपा ४ बस्नेत वर्ष १५ को प्रेम तामाङ सामान्य

उदयपुर ताप्ली गापा ५ रुपाटार बस्नेत वर्ष २८ को सुवास नेपाली सामान्य

उदयपुर कटारी नपा ४ बस्ने वर्ष १५ को सुजन तामाङ सामान्य ।