काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ४१ अंकले बढेर २ हजार ६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ ।
आज बैंक, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय १३ वटा कम्पनीको शेयर घटेकोमा १ सय ४० वटाको बढेको छ । यस्तै ९ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । बजार सामान्य उकालो लागेको दिन एनआईबीएल समृद्धि फन्डको शेयर सबैभन्दा धेरै ४ दशमलव ८१ प्रतिशतले घटेको छ ।
आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ६९ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया