सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

सङ्खुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प



काठमाडौं । सङ्खुवासभा–ताप्लेजुङ सीमाक्षेत्र आसपास आज बिहान ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सङ्खुवासभाको टोप्के गोला आसपास केन्द्रबिन्दु भएर स्थानीय मापन (ML) अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सङ्खुवासभा र ताप्लेजुङ जिल्लाका विभिन्न स्थानमा महसुस गरिएको जनाइएको छ । प्रारम्भिक विवरणअनुसार हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।

यसअघि बिहीबार दिउँसो नेपाल–भारत सीमामा ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।