स्याङ्जाका आठ पालिकामा आज सार्वजनिक बिदा

स्याङ्जाका आठ पालिकामा आज सार्वजनिक बिदा



स्याङ्जा । ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्याङ्जाका आठ पालिकामा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

मगर जातिको बाहुल्यता रहेको यहाँका पाँच नगरपालिका र तीन गाउँपालिकामा स्थानीय सरकारले सूचना निकालेर सार्वजनिक बिदा दिएको हो ।

वालिङ, पुतलीबजार, गल्याङ, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी, हरिनाश, विरुवा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

११ वटा स्थानीय तह रहेको स्याङ्जामा अर्जुन चौपारी, फेदिखोला, आँधीखोला गाउँपालिकाले भने सार्वजनिक बिदा नदिएका हुन् ।

सार्वजनिक बिदा दिएको स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरू बन्द हुने छन् ।