काठमाडौं । होलीका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो छापेर बजारमा बेच्न राखिएका टी-सर्ट प्रहरीले जफत गर्न थालेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी छापिएका टी सर्टहरू होलीमा पनि प्रयोग हुने देखिएपछि प्रहरीले पसल पसलमा गएर जफत गर्न थालेको हो ।
बरामद गरिएका टी सर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको तस्बिर तथा राजनीतिक नारा लेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता टी सर्टहरू निर्वाचन आचार संहिता विपरीतका हुन् । यस्ता टिसर्टहरु प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न बजारबाट जफत गर्न थालेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म मोरङ र झापाका विभिन्न स्थानबाट १ हजार ७ सय ६२ थान यस्ता सामग्री नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया