रामेछाप । रामेछाप नगरपालिका–२ सिरुबारीमा चुनाव सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक प्रहरीकाे ज्यान गएकाे छ ।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवकाे घटनास्थलमै ज्यान गएकाे सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस्तै दुर्घटनामा सात जना घाइते भएका छन् । गाडीमा ११ जना रहेका थिए । उनीहरूमध्ये तीन जनाले हाम फालेर ज्यान जाेगाएका थिए ।
मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक वद्यालय र देउराली माध्यमिक विद्यालयको चुनाव सामाग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरकाे गाडी सडकबाट तल खसेको हो ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेशबहादुर थापाको कमान्डमा गोताखोर र विपद् व्यवस्थाप तालिम प्राप्त टोली उद्धार कार्यमा खटिएको थियो ।
उद्धारपछि घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ ।


प्रतिक्रिया