हाजिरी जमानीमा छुटे चुनाव नहुने भविष्यवाणी गर्ने ज्योतिष

हाजिरी जमानीमा छुटे चुनाव नहुने भविष्यवाणी गर्ने ज्योतिष



काठमाडौं । चुनाव नहुने भनेर भविष्यवाणी गरेकै आधारमा पक्राउ गरिएका ज्योतिष रुद्रनाथ अधिकारी हिरासतमुक्त भएका छन् । उनलाई हाजिरी जमानीमा छोडिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई सोमबार साँझ चन्द्रागिरीबाट पक्राउ गरेको थियो । पक्राउपश्चात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । उनी हिजै हाजिरी जमानीमा छुटेको काठमाडौंका जिल्ला प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

भट्टराईले गरेको भविष्यवाणीका विषयमा प्रहरीले उनीसँग बयान लिएको थियो । प्रहरीसँगको बयानमा भट्टराईले ज्योतिषहरुले भविष्यवाणी गर्नु नौलो कुरा नभएको बताएका छन् ।

भट्टराईले चुनाव हुन नसक्ने र भए पनि अनिष्ट हुनसक्ने बताएको प्रहरीको दावी छ ।