स्वदेश फर्किन समस्या परे विवरण दर्ता गर्न यूएईमा रहेको नेपाली दूतावासको आग्रह

स्वदेश फर्किन समस्या परे विवरण दर्ता गर्न यूएईमा रहेको नेपाली दूतावासको आग्रह



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली दूतावासले स्वदेश फर्किन समस्या भोगिरहेका नेपाली नागरिकलाई आफ्नो विवरण अनिवार्य रूपमा उपलब्ध गराउन अनुरोध गरेको छ ।

दूतावासले सूचना निकालेर विशेषगरी पर्यटक भिसा, ट्रान्जिटमा रहेका, भिसा अवधि सकिएका वा तत्काल नेपाल फर्किन चाहने नेपाली नागरिकलाई अनलाइन फारम वा उपलब्ध क्यूआर कोडमार्फत विवरण पेस गर्न भनेको छ । विवरण सङ्कलन भएपछि आवश्यक समन्वय र सहजीकरण प्रक्रिया अघि बढाइने दूतावासको भनाइ छ ।

यस्तै अपुष्ट सूचना वा हल्लामा नलागी आधिकारिक माध्यममार्फत मात्र जानकारी लिनसमेत दूतावासले आग्रह गरेको छ ।