कञ्चनपुर– २ मा रास्वपाका दीपक बोहराको अग्रता कायमै

कञ्चनपुर– २ मा रास्वपाका दीपक बोहराको अग्रता कायमै



काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहराले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार बोहराले ४ हजार २६८ मत पाएका छन् । कांग्रेसका एनपी साउदले १ हजार ५२५ मत पाएर पछ्याइरहेका छन् ।

यस्तै, एमालेका बचनबहादुर सिंहले ८४७ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले ४२७ मत पाएका छन् ।