इलाम-२ मा सुहाङलाई माटोका सुदिपले पछ्याउँदै

इलाम-२ मा सुहाङलाई माटोका सुदिपले पछ्याउँदै



इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा एमालेका सुहाङ नेम्बाङले अग्रता लिएका छन् ।

हालसम्मको मतपरिणाम अनुसार सुहाङले ४९१ मत प्राप्त गरेका छन् । उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत पाएका छन् भने रास्वपाका गोकुल राईले १७१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत पाएका छन् ।