काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनाव २०८२ मा ५८ दशमलव ०७ प्रतिशत मतदान भएको छ । हिजो ५९ प्रतिशत हाराहारीमा मतदान भएको बताएको आयोगले आज मतदानको परिष्कृत तथ्याङ्क सार्वजनिक गर्दै ५८ दशमलव ०७ प्रतिशत मात्रै मतदान भएको जानकारी गराएको हो ।
सबैभन्दा धेरै भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत र सबैभन्दा कम अछाममा ३९ दशमलव १८ प्रतिशत मतदान भएको छ । आयोगको विवरणअनुसार सबैभन्दा धेरै मतदान भएका पाँच जिल्लाहरूमा – भक्तपुरमा ७१ दशमलव ४६ प्रतिशत, पर्सामा ६८ दशलमव ४३ प्रतिशत, ललितपुरमा ६८ दशमलव २२ प्रतिशत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६७ दशमलव ८० प्रतिशत र काठमाण्डौमा ६७ दशमलव ०१ प्रतिशत मतदान भएको छ ।
यस्तै सबैभन्दा कम मतदान भएका दुई जिल्लामा – अछाममा ३९ दशमलव १८ प्रतिशत र डोटीमा ४० दशमलव ८८ मतदान भएको छ । यसपालि १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।


प्रतिक्रिया