काठमाडौं । रामेछापमा उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जनले अग्रता लिएका छन् । जिल्लाको सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानको मतगणना गर्दा उज्यालो नेपाल पार्टीकाले अग्रता लिएको हो । बेथानको १ हजार ४ सय ५१ मत गणना गर्दा उज्यालो नेपालले ७४० मत ल्याएको छ ।
दोस्रोमा नेकपाका श्याम श्रेष्ठले ३८९ मत ल्याएका छन् । त्यसैगरी, तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका रामचन्द्र खड्काले १३६ मत पाएका छन् । नेकपा एमालेको सूर्य चिह्नले ९२ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.कृष्णहरि बुढाथोकीले ५७ मत ल्याएका छन् ।
अन्य साना तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरूतर्फ माटोले ९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ मत प्राप्त भएको छ ।


प्रतिक्रिया