पाेखरा । गण्डकी प्रदेशबाटै प्रतिनिधिसभा सदस्यमा एकमात्र महिला उम्मेदवार वीना गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी छन् ।
समाजसेवा र व्यवसायबाट राजनीतिमा लागेकी वीना कास्की निर्वाचन क्षेत्र नं ३ बाट लोकप्रिय मतसहित निर्वाचित भएकी हुन् ।
वीनाले ३७ हजार ७ सय ५० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत पाएको मुख्य निर्वाचन अधिकृत हिमलाल वेलबासेले जानकारी दिए । कास्की निर्वाचन क्षेत्र नं ३ मा ६५ हजार ४ सय ७ मत खसेको थियो । वीना २५ हजार मतान्तरका साथ कास्की क्षेत्र नम्बर ३ विजयी भएकी हुन् ।


प्रतिक्रिया