काठमाडौं । संसदीय चुनावमा सर्वाधिक मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले इतिहास रचेका छन् ।
रास्वपा वरिष्ठ नेता शाहले झापा–५ बाट पूर्वप्रधानमन्त्री रहेका केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गर्दै इतिहास रचेका हुन् । बालेनले ६८ हजार ३४८ मत ल्याए ।
ओलीले १८ हजार ७३४ मात्र मत ल्याए । निर्वाचन तथ्यांकअनुसार संसदीय चुनावको इतिहासमा शाहले पाएको यो मत इतिहासकै सर्वाधिक रहेको छ ।
ओली २०७४ को निर्वाचनमा एमालेका अध्यक्ष ओलीले ५७ हजार १३९ मत पाएर जितेका थिए । झापा क्षेत्र नम्बर ५ बाट विजयी बालेनले प्रमाणपत्र ग्रहण गरिसकेका छन् ।


प्रतिक्रिया