कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी

कपिलवस्तु–३ मा कांग्रेसका शाह विजयी



काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।

शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले हराएका हुन् । शाहले २३ हजार ५३५ र रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका वीरेन्द्र कुमार कनौडिया १४ हजार ७६३ मत ल्याएर तेस्रो स्थानमा हुन् ।

योसँगै कांग्रेस अहिलेसम्म ९ ठाउँमा विजयी भएको छ ।