बालेन बाबु विजयको लागि तपाईंलाई शुभकामना : ओली

बालेन बाबु विजयको लागि तपाईंलाई शुभकामना : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई शुभकामना दिएका छन् ।

शनिबार बालेन शाह झापा-५मा निर्वाचित भएपछि ओलीले पूरानो तस्बिर राखेर बधाई दिएका हुन् ।

बालेनले ६८ हजार ३४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७३४ मत मात्र प्राप्त गरे । उनले पाँच वर्षको कार्यकालका लागि शुभकामना पनि दिएका छन् ।

‘बालेन बाबु, तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना,’ उनले भने ।