टी–२० विश्वकप : उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दै

टी–२० विश्वकप : उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दै



काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र न्युजिल्यान्डले खेल्दैछन् ।

फाइनल खेल बेलुका सवा ७ बजे अहमदाबादमा शुरू हुनेछ ।

भारतले बिहीवार भएको सेमिफाइनलमा इंग्ल्याण्डलाई ७ रनले र न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ९ विकेटले हराएको थियो ।

घरेलु टोली भारत टी–२० विश्वकपको साविक विजेता टोली पनि हो । गएको माघ २४ गते अर्थात् फेब्रुअरी ७ तारिखदेखि भारत र श्रीलंकामा शुरु भएको प्रतियोगितामा २० टोली सहभागी थिए ।

नेपाल यो टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको थियो ।