सुनसरी–३ मा रास्वपाका चाैधरी विजयी

सुनसरी–३ मा रास्वपाका चाैधरी विजयी



काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरी विजयी भएका छन् ।

चौधरी २६ हजार ९२० मतान्तरसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चौधरीले ४७ हजार ४२१ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा एमालेकी भगवती चौधरी १५ हजार ८३ मतसहित तेस्रो र श्रम संस्कृति पार्टीका रामप्रसाद सदा १ हजार ७८० मतसहित चौथो स्थानमा छन् ।