रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट हेर्न नभ्याइनेमा

रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएका सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र संशोधन विवादको रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सोमबार (फागुन २५) सुनुवाइका लागि ‘झ’ नम्बरमा पेसी तय भएको थियो ।

महान्यायाधिवक्ता सविता भण्डारीले मुद्दा संशोधन गर्न मातहतका सरकारी वकिलको कार्यालयमा निर्देशन दिने गरी भएको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, ल कलेजका विद्यार्थी आयुष बडाल र सिन्धुलीका अभियन्ता युवराज पौडेल ‘सफल’ले रिट दिएका हुन् ।