पाँचथरमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टि पहिलो

पाँचथरमा समानुपातिकतर्फ श्रम संस्कृति पार्टि पहिलो



फिदिम । पाँचथरमा समानुपातिक तर्फको पनि मतगणना सकिएको छ । अन्तिम मत परिणाम सार्वजनिक हुँदा श्रम संस्कृति पार्टिलाई सबैभन्दा धेरै मत प्राप्त भएको छ ।

अञ्जुलीमा माटो चुनाव चिन्ह रहेको यो दललाई पाँचथरबाट १८ हजार ३६८ मत प्राप्त भएको हो ।

जिल्लाबाट नेपाली काँग्रेसले १४ हजार १ सय मत प्राप्त गरेर दोस्रो भएको हो । यस्तै, १३ हजार ४ सय १५ मत सहित नेकपा (एमाले) तेस्रो र ७ हजार ७ सय ६० मत प्राप्त गरेर नेपाली कम्युनिस्ट पार्टी चौथो भएको छ ।

यसैगरी समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ हजार २ सय ९१ मत प्राप्त गरेर पाँचौ र ३ हजार ८ सय १५ मत सहित राष्टिय परिवर्तन पार्टि छैटौं भएको छ ।