अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन् ।

मंगलबार अर्थमन्त्री खनालले प्रयोजन सकिएको बताउँदै उक्त पासपोर्ट फिर्ताका लागि प्रशासन महाशाखामा बुझाएका हुन् ।

‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कुटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु राहदानी यसै साथ संलग्न राखी अनुरोध गरेको छु,’ उनले लेखेको पत्रमा भनिएको छ ।