काठमाडौं । नेपाल विद्यार्थी संघले मध्यपूर्वमा जारी तनावबीच नेपाल फर्कन चाहने नागरिकहरुप्रति जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराएको छ ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले नेपालमा निर्वाचन भएकै कारणले मात्रै मध्यपूर्वमा नेपालीहरु समस्यामा पर्न नहुने भन्दै आवश्यकता अनुसार हवाइ उद्धार गर्न प्रधानमन्त्री सुशिला कार्कीको ध्यानाकर्षण गराएका हुन् ।
उनले मध्यपूर्वमा समस्यामा परेका अन्य देशका नागरिकलाई सम्बन्धित देशले सुरक्षितरुपमा स्वदेश फिर्ता गराइरहेको उल्लेख गर्दै अध्यक्ष शेर्पाले नेपाल सरकारले पनि आवश्यकता पहिचान गरी उद्धार गर्नुपर्ने बताएका हुन् ।


प्रतिक्रिया