आईपीएलको खेल तालिका सार्वजनिक

आईपीएलको खेल तालिका सार्वजनिक



काठमाडौं । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ को उद्घाटन खेलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ ।

बुधबार भारतीय क्रिकेट कन्त्रोल बोर्ड (बीसीसीआई)ले प्रतियोगिताको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेसँगै बैंगलुरुले सनराइजर्ससँगको भेट पक्का गरेको हो ।

बीसीसीआईले सार्वजनिक गरेको उक्त खेल तालिका आगामी अप्रिल १२ सम्मको छ ।

बीसीसीआईका अनुसार, खेल भारतको एम.चिन्नास्वामी क्रिकेट रंगशालामा मार्च २८ मा हुनेछ ।

आरसीबीले प्रतियोगिताअन्तर्गत बैंगलुरु र राइपुरमा आफ्ना पाँच घरेलु खेल खेल्नेछ ।

“बोर्डले मार्च १३ मा एम.चिन्नास्वामी क्रिकेट रंगशालामा प्रतियोगिताको उद्घाटनअघि निरीक्षण गर्नेछ । निरीक्षणका क्रममा उद्घाटन खेलको व्यवस्थापनको बारेमा नमुना प्रदर्शन पनि गरिनेछ,” बीसीसीआईले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

आईपीएलको यस संस्करण भने आगामी मार्च २८ देखि मे ३१ सम्म हुने तालिका छ ।