काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले आफ्नो लक्ष्य नेपाललाई दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप जिताउने रहेको बताएका छन् ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सञ्चारार्कीसँगको भोटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । एरिनाले विगतमा भएका गल्तीहरूलाई नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफू साफ च्याम्पियनसिप जिताउने लक्ष्यका साथ नेपाल आएको बताए ।
‘मेरो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप जिताउने नै हो । नेपालमा क्षमतावान खेलाडीहरू छन्,’ उनले भने, ‘विगतका कमजोरी र गल्तीलाई नदोहोर्याइ अघि बढ्नेछु । मेरो प्राथमिकता रणनीतिक रूपमा टिममा सुधार ल्याउनु हुनेछ ।’
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई बिहीबार नियुक्तिपत्र दिएको थियो । एन्फा र एरेनाबीच एक वर्षको सम्झौता भएको छ । लाओसका राष्ट्रिय फुटबल पूर्वप्रशिक्षक एरेनाले तीन महादेशकाे व्यावसायिक फुटबलमा प्रशिक्षणको जिम्मेवारी निभाइसकेका छन् ।
स्विट्जरल्यान्डकाएरेनाको पहिलो जिम्मेवारीका रूपमा आगामी २६ मार्चमा नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रहने छ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।


प्रतिक्रिया