काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमिक ५० हजार रुपैयाँसम्म हुनसक्ने बताएका छन् ।
नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा आउन चाहनेहरुका लागि अवसरसँगै पारिश्रमिक समेत राम्रो रहेको उनको भनाइ छ ।
उनकाअनुसार निर्माण मध्येको पुलको मात्रै काम गर्ने श्रमिकको पारिश्रमिक महिनामै ५० हजार रुपैयाँसम्म हुने गरेको छ । अहिले पुलका काम गर्ने धेरैजसो भारतीयहरु छन् ।
सिंहकाअनुसार निर्माण क्षेत्रमा मात्रै झन्डै ७ लाख भारतीयहरु नेपालमा कार्यरत छन् । सरकारले निर्माण सम्बन्धि काम गर्न आवश्यक जनशक्ति तयार गर्न नसक्दा निर्माण क्षेत्रमा भारतीय श्रमिकको दबदबा रहेको उनले बताए ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एकसय दिने रोजगारीको घोषणा गरे पनि त्यो कागजमै सिमित भइरहेको सिंहको भनाइ छ ।


प्रतिक्रिया