इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिलालाई हरायाे

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडले एस्टन भिलालाई हरायाे



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिलालाई हराएको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले एस्टन भिलालाई ३–१ गोलले हरायो ।

युनाइटेडका क्यासेमिरो, म्याथ्युस कुन्हा र बेन्जामिन सेस्कोले गोल गरे । एस्टन भिलाका रोस बार्क्लेले गोल गरे ।

यो जीतसँगै युनाइटेड ३० खेलमा ५४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । एस्टन भिला ३० खेलमा ५१ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै गएराति भएका अन्य खेलमा लिभरपुल र टोटनह्याम हट्सपरले १–१ गोलको बराबरी खेल्दा क्रिस्टल प्यालेस र लीड्स युनाइटेड तथा नटिङ्घम फरेस्ट र फुलहामले गोलरहित बराबरी खेलेका छन् ।