इराक– अमेरिका युद्वले अर्जेन्टिना र स्पेनको फाइनलिसिमा रद्द

इराक– अमेरिका युद्वले अर्जेन्टिना र स्पेनको फाइनलिसिमा रद्द



काठमाडौं । खाडी मुलुकमा बढ्दो तनावका कारण अर्जेन्टिना र स्पेनबीच हुने भनिएको फाइनलिसिमा तत्कालका लागि रद्द भएको छ ।

युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाबीचको खेल २६ मार्चमा कतारमा हुने तय थियो ।

तर, अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि कतार फुटबल संघले सम्पूर्ण फुटबल गतविधि तत्कालका लागि स्थगित गरेपछि फाइनलिसिमा अन्यत्र सर्ने चर्चा चलेको थियो ।

युरोपियन फुटबल महासंघ (यूइएफए) ले आइतबार विज्ञप्ती जारी गर्दै खेल रद्द भएको जानकारी दिएको हो । वैकल्पिक मैदानमा खेल गराउने लागि प्रयास गरे पनि अर्जेन्टिना फुटबल संघले त्यसलाई अस्वीकार गरेको युइएफले जनाएको छ ।

‘खाडी क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा फिनालिसिमा खेलाउन नसकिने भयो,’ विज्ञप्तिमा भनिएको छ,‘ हामीले वैकल्पिक मैदानको प्रस्ताव पनि गरेका थियौं । तर, अर्जेन्टिना फुटबल संघले त्यसलाई स्वीकार गरेन ।’

फाइनलिसिमा विश्वकप फुटबलका स्टार लियोनल मेस्सी र युवा स्टार लामिन यामलबीचको खेल हेर्न दर्शकहरू प्रतिक्षामा थिए । तर, खेल रद्द भएपछि तत्काल अब त्यो सम्भव नहुने भएको छ ।