दक्षिण अफ्रिकालाई ६८ रनले हराउँदै न्युजिल्यान्डले गर्‍याे शृङ्खला बराबरी

दक्षिण अफ्रिकालाई ६८ रनले हराउँदै न्युजिल्यान्डले गर्‍याे शृङ्खला बराबरी



काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दक्षिण अफ्रिकालाई ६८ रनले हराएको छ ।

न्युजिल्यान्डले दिएको १७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका जर्ज लिन्डेले ३३ रन बनाए । न्युजिल्यान्डका लकी फर्गुसन र बेन सियर्सले ३/३ विकेट लिए ।

यसअघि ह्यामिल्टनमा टस हारेर ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो ।

न्युजिल्यान्डका डेभन कन्वेले ६० रन बनाए । दक्षिण अफ्रिकाका वियान मुल्डेरले २ विकेट लिए ।

यो जीतसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० शृङ्खलामा १–१ ले बराबरी गरेको खेल पहिलो खेल दक्षिण अफ्रिकाले ७ विकेटले जितेको थियो ।