काठमाडौं । अभिनेत्री ऋचा शर्माले रास्वपाका सांसद सुदन गुरुङलाई तलब खान सुझाएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै तलब खान र घुस नखान सुझाएकी हुन् ।
उनले लेखेकी छन्, ‘तलब त खाऊ न हौ खाऊ ! घुस पो नखाऊ ! ठेक्का पट्टा पो नगर ! खाने मात्र हैन मस्तै बजाइदेऊ तलब र सुविधा पाउने जति, हक हो हकको खाऊ । राज्यलाई ‘पाप’ लागि हाल्छ नि यसरी आफ्नो देशको नागरिकलाई फ्रिमा काम लगाउँदा !’
मङ्गलवार रास्वपाले ललितपुरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका गुरुङले तलब भत्ता नलिने घोषणा गरेका थिए ।


प्रतिक्रिया