काठमाडौं । निर्वाचन आयोगले भोलि समानुपातिक सांसदहरूलाई प्रमाण पत्र दिने भएको छ । आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान साढे ११ बजे निर्वाचित भएको प्रमाण पत्र ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।
उक्त कार्यक्रम आयोगको प्रांङगण कान्तिपथमा हुनेछ । फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएको थियो । समानुपातिकतर्फ ११० जना निर्वाचित भएका छन् ।
प्रत्यक्षतर्फ १६५ जना निर्वाचित भएका थिए । प्रत्यक्षतर्फ निर्वाचित भएकाहरूले यसअघि नै प्रमाण पत्र पाइसकेका छन् । सांसदहरूको शपथ भने चैत १२ गते गर्ने तयारी छ ।


प्रतिक्रिया