काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडे जात्रा समारोहमा सरिक भएका छन् ।
काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरूका पनि विभिन्न प्रस्तुति रहेका थिए ।
समारोहमा जीवित देवी कुमारी, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरूले पनि समारोह अवलोकन गरेका थिए ।
कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरूलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।


प्रतिक्रिया