काठमाडौं । चुनावमा पराजय व्यहोरेको एमालेमा नेताहरूले कमजोरी स्वीकार्नु सट्टा अरुलाई दोष लगाएर प्रतिरक्षा गरिरहेको सन्दर्भमा नेता गोकुल बास्कोटाले खाँबो चिथोर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
सरकारले काम थालेको ३ महिनासम्म अरुले केही बोल्नु नै बेकार रहेको उनको भनाइ छ ।
उनले लेखेका छन्, ‘रास्वपाले चुनाव जित्यो । चलाउँछन् कसरी ? त्यो उनीहरूकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन् र हुने नै छन् । फरक कति मात्र हो भने आम जनताको रोजाइमा यसपल्ट उनीहरू परे, अझ यसो भनौँ उनका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने !’


प्रतिक्रिया