काठमाडौं । आगामी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेश क्रिकेट संघले आफ्नो टोलीको घोषणा गरेको छ ।
बागमती प्रदेश क्रिकेट संघका सचिव प्रसन्न शाक्यका अनुसार अनुभवी स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय मुख्य टोली र ५ जना वैकल्पिक खेलाडीहरूको चयन गरिएको छ ।
बागमती टोली : सन्दीप लामिछाने (कप्तान), ईशान पाण्डे, आशुतोष घिरैया, उत्तम थापा मगर, शिवम तिवारी, विवेक रानामगर, दया नन्द मण्डल, रिजन ढकाल, सुवास खत्री, सोनु देवकोटा, सचिन लेखक, रिन्जिन लामा, पवन बहादुर थापा, प्रतिश जिसी, शुभ कंसाकार
वैकल्पिक खेलाडी : १. रित गौतम २. सूर्य तामाङ ३. दीपेश श्रेष्ठ ४. आदिल खान ५. अविनाश बस्याल
बागमती प्रदेश टोलीको प्रशिक्षणको जिम्मेवारी कलम अली र रिकेश लामालाई दिइएको छ ।


प्रतिक्रिया