श्रम स्वीकृति नभएका खेलाडीलाई राष्ट्रिय लिग नखेलाउन अध्यागमनको निर्देशन

श्रम स्वीकृति नभएका खेलाडीलाई राष्ट्रिय लिग नखेलाउन अध्यागमनको निर्देशन



काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति नभएका खेलाडीलाई राष्ट्रिय लिगमा सहभागी नगाउन निर्देशन दिएको छ ।

विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र काट्दै श्रम स्वीकृति नलिएका खेलाडीलाई लिग खेल्न दिएको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

अहिले एन्फाको आयोजनामा राष्ट्रिय लिग र शहीद स्मारक महिला लिग चलिरहेको छ । ती लिगमा पर्यटक भिसा लिएका खेलाडीलाई पनि समावेश गराइएको उजुरी परेको र त्यसबारे अनुसान्धान भइरहेको पनि विभागले जनाएको छ ।