जनकपुरधाम । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीले शुक्रबार जानकी मन्दिरमा पूजा अर्चना गरेका छन् ।
अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गरेका हुन् ।
जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजा अर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गरिन् ।
उनले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताइन् ।
जनकपुरधामबाट उनी महोत्तरी जाने कार्यक्रम रहेको छ । उनले महोत्तरीको गौशालामा रहेको निगौल गाई गौशालाको निरिक्षण गर्ने छिन् ।


प्रतिक्रिया