माइतीघरमा सहकारी पीडितको प्रदर्शन

माइतीघरमा सहकारी पीडितको प्रदर्शन



काठमाडौं । सहकारी पीडितले आज काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् । सहकारीमा फसेको आफ्नो बचत रकम फिर्ताको माग गर्दै उनीहरुले फेरि सडक आन्दोलन शुरू गरेका हुन् ।

सहकारी पीडितले सरकारसँग पटक–पटक सम्झौता भए पनि अहिलेसम्म न्याय नपाएको गुनासो गरेका छन् । सरकारले विगतमा गरेका सम्झौता कागजमै सिमित भएको र आफूहरूको बिचल्ली भएको उनीहरुको गुनासो छ ।

बाचापत्र हामीले नि सम्झेका छाैं, विगत ४५ महिना देखिकाे आन्दाेलन जारी छ, जनताकाे रगत पसिना बगाएर जम्मा गरेकाे सानाे ठुलाे सबै बचत रकम फिर्ता गर, नयाँ बन्ने सरकार सहकारी पिडितलाइ न्याँय दे लेखिएको प्लेकार्डकासाथै ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

अन्तरिम सरकारको ध्यानाकर्षण गराउन तथा नयाँ बन्ने सरकारलाई खबरदारी गर्न सडक आन्दोलन गर्नुपरेको सहकारी पीडितले बताएका छन् ।