सभापति गगन थापाकाे राजीनामा अस्वीकृत

सभापति गगन थापाकाे राजीनामा अस्वीकृत



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट दिएको राजीनामा केन्द्रीय कार्यसमिति बैठकले अस्वीकार गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापाले दिएको राजीनामा अस्वीकार गरेको सहमहामन्त्री बहादुरसिंह लामाले बताए ।

यसअघि उपसभापति विश्वप्रकाश शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्न केन्द्रीय समिति बैठकमा साँत बुँदे प्रस्ताव पेस गरेका थिए ।

२१ फागुनको चुनावमा आफू र पार्टीले पराजय व्यहोरेपछि नैतिकताको आधारमा थापाले राजीनामा दिएका थिए । शर्मालगायत नेताहरूले राजीनामा अस्वीकृत गराउने घोषणा यसअघि नै गरेका थिए ।

पराजित भइरहँदा पनि सन्तोष मान्नुपर्ने गरी मूल नीतिको विजय भएको, संविधान मूल मार्गमा आएको, दोस्रो दल बनेर प्रमुख प्रतिपक्षी बन्न लागेको, आम पार्टी सदस्यमा ऊर्जा अझै बढेको र विशेष महाधिवेशनले पार्टीमा रक्तसञ्चार गराएको दाबी शर्माको छ ।