प्रतिकूल मौसमका कारण ५ डोमेस्टिक र दुई अन्तर्राष्ट्रिय विमान डाइभर्ट

प्रतिकूल मौसमका कारण ५ डोमेस्टिक र दुई अन्तर्राष्ट्रिय विमान डाइभर्ट



काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान डाइभर्ट गरिएको छ । विमान अवतरणको लागि मौसम प्रतिकूल बनेपछि विमान डाइभर्ट गरिएको हो ।

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार, ५ डोमेस्टिक र २ अन्तर्राष्ट्रिय विमान ड्राइभर्ट भएको हो । उनका अनुसार, विराटनगरबाट काठमाडौं आएको यति र बुद्धको जहाज विराटनगर नै डाईभर्ट भएको छ । धनगढीबाट आएको श्री एयरको विमान उतै डाइर्भट भएको छ । भैरहवाबाट आएको बुद्धको विमान जनकपुर डाइभर्ट गरिएको छ । यस्तै झापाको चन्द्रगढीबाट आएको बुद्धको जहाज उतै फर्किएको छ ।

अन्तर्राष्ट्रियतर्फ एयर इन्डिया र चाइना इस्टर्नसमेत डाइभर्ट भएको छ । एयर इन्डिया लखनउ र चाइना इस्टर्न कोलकता डाइभर्ट भएको बस्नेतले जानकारी दिए ।