काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलको कार्यालयमा तालाबन्दी गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको कञ्चनपुरस्थित कृष्णपुर नगर कमिटीले दल नेता राजेन्द्रसिंह रावलको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
रावल सम्पर्कविहीन भएको भन्दै तालाबन्दी गरिएको बताइएको छ । तालाबन्दी गर्दै युवा संघले रावललाई सम्पर्कमा ल्याइदिन आग्रह गरेको छ ।
सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेस नेतृत्वको सरकार छ । प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिको विषयले एमालेमा विवाद चुलिएको छ ।
पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीले राजनीतिक नियुक्ति गर्ने विषयमा संसदीय दलका नेता रावलले परामर्श नगरेको आरोप लगाएको छ । प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले दल नेता रावललाई सम्पर्कमा ल्याइदिन र नभए दल नेता फेरिदिन केन्द्रलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया