काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।
आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ ।
बैंकिङ दुई दशमलव ४९, विकास बैंक दुई दशमलव ४६, वित्त दुई दशमलव १३, होटल तथा पर्यटन तीन दशमलव ०५ र जलविद्युत् समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ ।
त्यस्तै, लगानी शून्य दशमलव ७७, जीवन बीमा दुई, उत्पादन तथा प्रशोधन एक दशमलव ९३, म्युचुअल फन्ड एक दशमलव २४ र निर्जीवन बीमा समूह दुई दशमलव ७२ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार छ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको ८५ करोड ९६ लाख १५ हजार ६८३ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता शेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया