काठमाडौं । स्पेनी फुटबल लिग ला लिगामा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई हराएको छ । आज बिहान घरेलु मैदान बर्नबाउमा भएको खेलमा रियलले एट्लेटिकोलाई ३–२ गोलले हरायो । रियलका भिनिसियस जुनियरले २ तथा फेडिरिको भल्भर्डेले १ गोल गरे ।
एट्लेटिकोका एडेमोला लूकम्यान र नाहुल मोलिनाले गोल गरे । यो जीतसँगै रियलले २९ खेलमा ६९ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ । एट्लेटिको २९ खेलमा ५७ अङ्कसहित चौथो स्थानमा छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको २९ खेलमा ७३ अङ्क छ ।
यस्तै गएराति भएका खेलमा एथ्लेटिक क्लबले रियल बेट्सिलाई, सेल्टा भिगोले एलाभेसलाई, बार्सिलोनाले रायो भ्यालेकानोलाई र भेलेन्सियाले सेभिल्लालाई हराएका छन् ।


प्रतिक्रिया