काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । मंगलबार दिउँसो १ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूलाई बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
यसअघि कांग्रेस केन्द्रीय समिति बैठक आइतबार मात्रै सकिएको थियो । फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा बारे उक्त केन्द्रीय समितिमा छलफल भई थापाको राजीनामा अस्वीकृत भएको थियो ।


प्रतिक्रिया