काठमाडौं । भदौ २३ र २४ गतेका घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।
प्रतिवेदन सार्वजनिकका निम्ति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमाथि दबाब दिन मंगलबार (चैत १०) विद्यार्थीले कलेजअगाडि केही बेर प्रदर्शन गरेका हुन् ।
अन्तरिम सरकारले नै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उनीहरूको माग छ । विद्यार्थीले सेतो कपडा (तुल)मा हस्ताक्षरसहित प्रदर्शन गरेका थिए ।
गएको फागुन २४ गते पूर्वन्यायाधीश कार्की नेतृत्वको आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएका घटनामा क्षति र कारबाहीसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । तर, पूर्वप्रतिबद्धताअनुरूप प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया