साइत देखाएर शपथग्रहण गर्ने परम्परा कति मन परेन : अर्थमन्त्री खनाल

साइत देखाएर शपथग्रहण गर्ने परम्परा कति मन परेन : अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा आफूलाई कति पनि मन नपरेको टिप्पणी गरेका छन् । भावी प्रधानमन्त्री बालेन शाहले १३ गते १२ बजेर ३४ मिनेटमा शपथ गर्ने समाचारहरू आएपछि अर्थमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्, ‘यो साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन ! हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन ! तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त !’

बालेनको सचिवालयले साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ । त्यसक्रममा १०८ जना बटुकले स्वस्ति बाचन गर्नेछन् भने १०७ बौद्ध लामा गुरुहरुबाट मंगलवाचन गराइनेछ ।

७ जना ब्राम्हणले शंखनाद गरेर सपथग्रहण समारोहलाई सनातन धर्मबाट गुन्जयमान बनाउने तयारी छ ।