काठमाडौं । घरेलु टोली न्युजिल्यान्डसँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकाले जितेको छ । क्रिस्टचर्चमा आज भएको पाँचौँ तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ३३ रनले हराउँदै दक्षिण अफ्रिकाले ३–२ ले शृङ्खला जितेको हो ।
दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । न्युजिल्यान्डका बेभोन ज्याकोब्सले ३६ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोट्जे, वियान मुल्डेर र ओटनिल बार्टम्यानले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १८७ रन बनायो । दक्षिण अफ्रिकाका कोनर एस्टरहुइजेनले ७५ रन बनाए । न्युजिल्यान्डका बेन सेयर्सले २ विकेट लिए ।
यसअघि टी–२० शृङ्खलाको पहिलो र चौथो खेल दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो र तेस्रो खेल न्युजिल्यान्डले जितेको थियो ।


प्रतिक्रिया