एमालेले बोलायो प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको बैठक

एमालेले बोलायो प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूको बैठक



काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ ।

बिहीबार सांसदहरूको शपथपछि दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय सभाका सांसद सहितको बैठक बोलाइएको सचिव पद्मा अर्यालले जानकारी दिइन् ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो दुई बजे सिंहदरबारमा हुँदैछ ।

‘आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा दुवै सदनका सांसदहरूलाई बोलाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले दिर्नेशन दिने कार्यसूची रहेको छ,’ उनले भनिन् ।

प्रतिनिधि सभाको दल नेता चयन गर्ने कार्यसूची रहे नरहेको बारे आफू अनभिज्ञ रहेको उनले बताइन् । प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।